logo मंगलबार, असोज २० २०८३ | Tuesday 6th October 2026

बाढीपहिरोको क्षति अध्ययनसँगै व्यवस्थापनमा जुटेका छौँ : प्रधानमन्त्री शाह


  • जन आकाश
  • मंगलबार, असोज २० २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई तीव्रता दिइएको बताएका छन्।



सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गतेदेखि विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको जानकारी दिए।

गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रको व्यवस्थापन छिटो सम्पन्न गर्ने बताए।

भोटेकोशी–त्रिशूली, गण्डकीलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै व्यवस्थापनको काम अघि बढाइएको उनको भनाइ छ।

सरकारले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा हिमपहिरोको जोखिम घटाउन आवश्यक काम अघि बढाइरहेको पनि प्रधानमन्त्री शाहले बताए।

विपद्का समयमा जोखिम मोलेर उद्धार तथा व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलाई प्रधानमन्त्री शाहले धन्यवाद दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend