जन आकाश
काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा कृष्ण ‘कोपिला’ कृत उसको अतीत र प्रतिष्ठानको पुस्तक बइँसेरी २ कृति लोकार्पण तथा स्रष्टा सम्मान समर्पण सम्पन्न गरेको छ ।
गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति प्रा। डा। कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रा। डा। कुसुमाकर न्यौपाने लगायत मञ्चासीन अतिथिहरूले दीप प्रज्वलन गरी प्रतिष्ठानको वार्षिकोत्सव तथा लोकार्पण समारोहको समुद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, होटल व्यवसायी महासङ्घका अध्यक्ष टी।आर। भण्डारी र नेपाल प्रज्ञा(प्रतिष्ठानका निवर्तमान सदस्य(सचिव डा। धनप्रसाद सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
समारोहमा लोकप्रसाद ढकाल, चक्र दवाडी, समीर राई, रमेश रुपाखेती नरेन्द्र वज्राचार्य, नीलकण्ठ तिवारी, केशव नेपाल, जगन्नाथ खतिवडा र डी।पी। ढकाल लगायतका विद्वान् तथा वक्ताहरूले लेखक कुसुम कोइरालाको लेखनशैली, कृतिमा समेटिएका अनुभूति र योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लेखक कृष्ण ‘कोपिला’ ले आफ्नो साहित्यिक यात्रा र कृति सिर्जनाका भोगाइहरू प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमका सम्मानित व्यक्तित्व युवराज इटनीका बारेमा जयराम बिडारीले प्रकाश पारेका थिए । डा। सावित्री श्रेष्ठको धारणाले कार्यक्रममा थप रौनकता ल्याएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व युवराज इटनीले लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफू सगरमाथाको शिखर चढेको जस्तो गौरव गरेको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।
लोमस वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा समाज तथा साहित्यका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कौशल इङ्लिस बोर्डिंग स्कुल,हिम रश्मि हाई स्कुल,रानीबन तेल उद्योग स्नोई होराइजन ट्रेक्स एण्ड एक्स्पिडिसन लाई कदर पत्रु प्रदान गरियो । सोही समारोहमा संस्थाका नयाँ आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका सचिव तथा माइण्ड प्लसका प्रवन्ध निर्देशक नवीन पल्लवद्वारा सहजीकरण गरिएको कार्यक्रममा सयौंका संख्यामा साहित्यकार तथा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend