logo मंगलबार, असोज २० २०८३ | Tuesday 6th October 2026

मलेसियापछि कुवेत, बहराइन, ओमान र कतारमा पनि सिन्डिकेटको प्रयास भइरहेको संघको आरोप


  • जन आकाश
  • मंगलबार, असोज २० २०८३

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले मलेसियासँगै अन्य प्रमुख श्रम गन्तव्य मुलुकमा पनि सिन्डिकेट लागू गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।



सोमबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूसँगको छलफलका क्रममा अध्यक्ष खत्रीले कुवेत, बहराइन, ओमान र कतारमा समेत मलेसियाको जस्तै सीमित कम्पनीमार्फत श्रमिक पठाउने व्यवस्था लागू गर्न खोजिएको बताएका हुन्।

हाल मलेसियाको एफडब्लुसिएमएस प्रणाली विवादमा छ। सीमित म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरी सिन्डिकेट लागू गर्न खोजिएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले यसको विरोध गर्दै आएका छन्।

मलेसियाले एफडब्लुसिएमएस प्रणालीअन्तर्गत २५ वटा मुख्य कम्पनी र ती कम्पनीको रोहबरमा रहने गरी थप २५० कम्पनी सूचीकृत गरेको छ।

नेपालमा हाल करिब एक हजार म्यानपावर कम्पनी कानुनी रूपमा सञ्चालनमा रहेको भन्दै व्यवसायीहरूले सबै कम्पनीले समान रूपमा मलेसियालगायत श्रम गन्तव्य मुलुकमा नेपाली श्रमिक पठाउन पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend