logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ऊर्जा परियोजनाका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । ऊर्जा क्षेत्रका परियोजनामा देखिएका नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ।



मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेलको संयोजकत्वमा गठित समितिमा मन्त्रालय, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) का प्रतिनिधि सदस्य छन्।

समितिमा मन्त्रालयका सहसचिव यज्ञप्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा इप्पानबाट नरेन्द्र बल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य सदस्य रहेका छन्।

त्यस्तै, इन्जिनियर शिरिष पाण्डे सदस्य तथा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर शालिकराम भण्डारी सदस्यसचिव तोकिएका छन्।

समितिले ऊर्जा परियोजनामा देखिएका नीतिगत तथा कानुनी जटिलता पहिचान गरी कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक नीतिगत सहजीकरण र सुझाव दिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend