logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काठमाडौँसहित विभिन्न स्थानमा हुरी र असिनापानी, मौसम महाशाखाले जारी गर्‍यो चेतावनी


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हुरी, असिना र मेघगर्जनसहित वर्षा भइरहेको छ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ११ः३५ बजेसम्म काठमाडौं उपत्यकासहित बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाले थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८.२ मिलिमिटर मापन भएको छ। सामान्यतया २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा भारी वर्षा मानिन्छ। तर अर्घाखाँचीमा एक घण्टामै ५८.२ मिलिमिटर वर्षा भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend