logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

पशुपतिनाथ मन्दिर प्रवेशको विषयमा इटहरीका दम्पती पक्राउ


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य परिसरमा प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्।



पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरी काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाएको जनाएको छ। पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरू पक्राउ परेका हुन्। प्रेम विवाह गरेका प्रियंका र ओसीमले केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेर भिडियो बनाएका थिए।

भिडियोमा ओसीमले मुस्लिम समुदायले प्रयोग गर्ने टोपी लगाएको देखिएपछि सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्। त्यसपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको बताइएको छ। यसैबीच, अन्सारी दम्पतीले हिजो भिडियोमार्फत स्पष्टीकरण दिँदै आफूहरू मन्दिरको गर्भगृह वा मुख्य मन्दिरभित्र प्रवेश नगरेको बताएका थिए। उनीहरूका अनुसार मूल ढोकाबाट प्रवेश गरेपछि भर्‍याङबाटै फर्काइएको थियो।

प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र रहेको र श्रीमानलाई पनि मन्दिर देखाउनका लागि आफू त्यहाँ गएको बताएकी छन्।ओसीम अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् भने उनी इटहरी–८ का स्थायी बासिन्दा हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend