जन आकाश
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सातै प्रदेशमा उद्योगी–व्यवसायीलाई वित्तीय ज्ञान, वित्तीय विवरण तयार गर्ने तरिका तथा वित्तीय अनुपालना सम्बन्धी तालिम सञ्चालन गरिनेछ। तालिमका लागि आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउनेछ।महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले कार्यक्रमले व्यवसायीको वित्तीय ज्ञान तथा अनुपालना क्षमता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend