जन आकाश
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट मानिएका व्यक्तिहरूको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। बुधबार विभागको टोलीले नवराज थपलिया, दीपक तिमिल्सेना र नवीनराज बस्नेतलगायतको निवासमा छापा मारेको हो।
जबरासँग जोडिएको प्रकरणमा अनुसन्धान अघि बढिरहेका बेला विभागले उनीहरूसँग सम्बन्धित सम्पत्ति तथा कागजातबारे अनुसन्धान थालेको बताइएको छ। नवीनराज बस्नेतविरुद्ध पनि विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिरहेको पुष्टि भएको छ।
यसैबीच, जबरासँग सम्बन्धित अनुसन्धानमा इनाम सापकोटा पक्राउ परेका थिए भने उनीसँगको सम्पर्क र संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बनमा परेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend