logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सरकारी कार्यालयको बिजुली र पानीको भुक्तानी अब डिजिटल हुने


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा नेपाल विद्युत प्राधिकरण र खानेपानी लिमिटेड आवद्ध भएका छन्।



बुधबार तीनवटा प्रणालीबीच अन्तरआबद्धता शुभारम्भ गरिएको हो।महालेखाको प्रणाली, प्राधिकरणको कर्पोरेट कन्जुमर पेमेन्ट सिस्टम र खानेपानीको कन्जुमर बिलिङ म्यानेजमेन्ट सर्भिसबीच अन्तरआबद्धता गरिएको हो।

यससँगै संघ र प्रदेश मातहतका सबै कार्यालयको बिजुली र पानीको भुक्तानी डिजिटल माध्यमबाट हुने भएको छ।
महालेखा नियन्त्रक कार्यालयका सहसचिव तथा प्रवक्ता दीपक लामिछानेले यसअघि चेकबाट भुक्तानी हुने गरेको बताए।अब प्रणालीमै बिल देखिने र त्यहीँबाट डिजिटल भुक्तानी हुने उनले बताए।

बक्यौता भए त्यसको विवरण पनि प्रणालीमै देखिने लामिछानेले बताए।महालेखा नियन्त्रक कार्यालयले स्थानीय तह र मातहतका कार्यालयलाई पनि यही प्रणालीमा जोड्ने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend