logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

सुदूरपश्चिमको बजेट ल्याउने तयारीमा सर्वोच्चको अन्तरिम आदेश


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी विवादमा अन्तरिम आदेश जारी गरेको छ।



अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटसम्बन्धी प्रक्रिया अघि नबढाउन आदेश दिएको हो।

सर्वोच्चको आदेशसँगै आजै बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी प्रभावित भएको छ। यसअघि सरकारले आज साँझ ५ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरेको थियो। बजेट शून्यताका कारण दबाबमा रहेको प्रदेश सरकारको बजेट प्रक्रिया सर्वोच्चको आदेशपछि कसरी अघि बढ्छ भन्ने विषयमा अन्योल सिर्जना भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend