logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एमाले स्थायी कमिटी बैठक आज, वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी सहभागी हुँदै


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।



आजको बैठकमा पूर्वराष्ट्रपति तथा वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा सहभागी हुँदैछिन्। एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनयन गर्दै दोस्रो वरीयता दिएको थियो।

त्यस्तै, केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको थियो। त्यसपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो।

बैठकमा पार्टीका विभिन्न तह र निकायमा जिम्मेवारी बाँडफाँट, सांगठनिक गतिविधि तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। साथै आगामी स्थानीय तह निर्वाचनको तयारीबारे समेत छलफल हुने एमालेले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend