logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

त्रिविमा नियुक्ति पारदर्शी र निष्पक्ष बनाउने उपकुलपति थापाको प्रतिबद्धता


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयमा हुने नियुक्ति प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित बैठकलाई सम्बोधन गर्दै उपकुलपति थापाले पारदर्शिता नै विश्वविद्यालयको पहिचान र प्रतिष्ठाको आधार भएको बताए।

उनले परीक्षा, भर्ना, नतिजा, नियुक्ति, आर्थिक कारोबार तथा प्रशासनिक निर्णयमा स्पष्ट मापदण्ड र निष्पक्ष प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए। सूचना सहज रूपमा उपलब्ध गराउने, निर्णयका आधार सार्वजनिक गर्ने र गलत कार्यप्रति जवाफदेही हुने संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ।

उपकुलपति थापाले शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि स्पष्ट, निष्पक्ष र जिम्मेवार ढङ्गले सञ्चालन गर्दा विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवालाको विश्वविद्यालयप्रतिको विश्वास बढ्ने बताए।

उनले डिजिटल प्रणालीको विकास र विस्तारमार्फत विश्वविद्यालयका सेवा सहज बनाउँदै परम्परागत प्रक्रियाका जटिलता र ढिलासुस्ती घटाउने बताए। डिजिटल प्रणालीमार्फत त्रिविलाई आधुनिक, प्रविधिमैत्री र उत्तरदायी विश्वविद्यालयका रूपमा अघि बढाउने उनको भनाइ छ।

उपकुलपति थापाले जीवनोपयोगी शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई विश्वविद्यालयको केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend