logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026
logo

शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। उनले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिएकी हुन्।



एमालेका अनुसार भण्डारीले पार्टीको आज बसेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताको शपथ लिएकी हुन्। वरिष्ठ नेता मनोनीत भएपछि उनी पहिलोपटक एमालेको बैठकमा सहभागी भएकी हुन्।

एमाले सचिवालयको ८ असोजमा बसेको बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि केन्द्रीय कमिटी बैठकले समेत उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। पूर्वराष्ट्रपति भण्डारी राष्ट्रपति निर्वाचित भएपछि पार्टीको सक्रिय राजनीत

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend