logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

भोटेकोशी बाढीपीडितका लागि बृटिश गोर्खा र रिब्डीकोट बुद्ध विहारको सहयोग


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीसी) र रिब्डीकोट बुद्ध विहार, पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेका छन्।



दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेका हुन्।

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि बुधबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरिएको मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले जानकारी दिए।

उनका अनुसार बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रुपैयाँ सहयोग गरेको छ। भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सीएनसीबीसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए।

त्यस्तै, रिब्डीकोट बुद्ध विहार पाल्पाले ४० हजार रुपैयाँ सहयोग गरेको छ। विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend