logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

बिरामी लिएर चितवन जाँदै गरेको एम्बुलेन्स खोलाले बगायो


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । पर्साको ठोरीबाट बिरामी लिएर चितवनतर्फ जाँदै गरेको एम्बुलेन्स आज बिहान खोलाले बगाएको छ।



माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलामा आएको बाढीले ठोरी गाउँपालिका–४ बाट आएको एम्बुलेन्स बगाएको हो।

गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीका अनुसार एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। खोलाले एम्बुलेन्स बगाए पनि उनीहरू सबै सकुशल रहेको उनले जानकारी दिइन्।

भारी वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि सो क्षेत्रमा आवतजावतसमेत जोखिमपूर्ण बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend