काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ अभियानअन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ।
असोज २२ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने कार्निभलमार्फत ग्राहकले पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिदसँगै विभिन्न अफर तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन सक्नेछन्।
पुरानो मोटरसाइकललाई नयाँ बजाजमा परिवर्तन गर्न चाहने ग्राहकले कार्निभलमा २२ भन्दा बढी मूल्य निर्धारणकर्तामार्फत आफ्नो बाइकको मूल्यांकन गराउन सक्नेछन्।
त्यसैगरी, ग्राहकका लागि नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधासमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
मोटरसाइकल खरिद तथा एक्सचेन्जमा मात्र सीमित नरही कार्निभलमा ‘शो योर पावर’ लगायत विभिन्न सहभागितामूलक गतिविधि पनि समावेश गरिएको छ। यसले बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीलाई दसैं–तिहारको अवसरमा मनोरञ्जन र सहभागिताको अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।
बजाजका अनुसार ‘गेम अफ पावर’ अभियानले मोटरसाइकल, उत्साह र सहभागितालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ। एक्सचेन्ज कार्निभल त्यसैको प्रत्यक्ष अनुभव दिने अवसरका रूपमा आयोजना गरिएको हो।
कार्निभलमा सहभागी हुन चाहने ग्राहकले असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप पुगेर मोटरसाइकल एक्सचेन्ज तथा उपलब्ध सुविधाबारे जानकारी लिन सक्नेछन्।