जन आकाश
काठमाडौं । पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन्। पोखराको ओख्ले भीर भन्ने स्थानबाट बस करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
मृत्यु हुने चारै जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ। प्रहरीले अस्पताल पुगेर घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend