logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । दशैंमा घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ। टिकट लिन नयाँ बसपार्क क्षेत्रमा यात्रुको भीड लागेको छ।



कतिपय यात्रु टिकट लिन गएरातिदेखि नै नयाँ बसपार्कका टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए। विशेषगरी सुदूरपश्चिमका जिल्लामा जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै लाइनमा बसेको नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले जानकारी दिएका छन्।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

यात्रुको चाप व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ। साथै, यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend