जन आकाश
काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
प्रतिष्ठानको महाधिवेशनबाट शर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो। लामो समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय शर्मा मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतका कारण लोकप्रिय छन्।
अध्यक्ष पदमा सहमति जुटेसँगै शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन हुने बाटो खुलेको छ। यसअघि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा देखिएका गायक दीपक खड्काले शर्मालाई समर्थन गर्ने तयारी गरेपछि सर्वसम्मतिको सम्भावना बलियो बनेको थियो।
शर्मा अध्यक्षमा चयन भएसँगै लोकदोहोरी क्षेत्रका कलाकारले उनको नेतृत्वमा कलाकारको हकहित संरक्षण, नेपाली मौलिक गीतसंगीतको प्रवर्द्धन तथा लोकसंस्कृतिको संरक्षणमा थप प्रभावकारी काम हुने अपेक्षा गरेका छन्। नयाँ नेतृत्वसामु कलाकारका समस्या सम्बोधन गर्ने, प्रतिष्ठानभित्र एकता कायम गर्ने र संस्थालाई थप व्यवस्थित बनाउने चुनौती रहनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend