logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गृहमन्त्री गुरुङलाई सूचना पुगेलगत्तै एक्सन, बूढानीलकण्ठबाट २१ किलो सुन बरामद


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करी भइरहेको सूचनाका आधारमा परिचालित प्रहरी टोलीले आज साँझ उक्त सुन बरामद गरेको हो।



प्राप्त जानकारीअनुसार गृहमन्त्री सुधन गुरुङलाई सुन तस्करी भइरहेको सूचना पुगेपछि तत्काल प्रहरी परिचालन गर्न निर्देशन दिइएको थियो। त्यसपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली बूढानीलकण्ठ पुगेको थियो।

प्रहरीले सुन तस्करीमा संलग्न रहेको आशंकामा दुई जना चिनियाँ नागरिकलाई समेत पक्राउ गरेको छ। प्रारम्भिक जानकारीअनुसार पक्राउ परेका व्यक्तिहरूबाटै उक्त सुन बरामद भएको हो।

बरामद सुन कहाँबाट ल्याइएको थियो र तस्करीमा को–को संलग्न छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका दुवै चिनियाँ नागरिकसँग सोधपुछ भइरहेको जनाइएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनाबारे थप जानकारी दिन प्रहरीले भोलि पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।बरामद सुनको स्रोत, तस्करीको उद्देश्य र घटनामा संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend