logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस महाधिवेशनको मतदान जारी, दुई घण्टामा १ हजार २९३ मत खस्यो


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ। निर्वाचन समितिका अनुसार बिहान ८:३० बजेदेखि मतदान सुरु भएको हो।



मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।

निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया निर्बाध रूपमा अघि बढिरहेको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।

मतदानमार्फत सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन हुनेछन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरू मतदानमा सहभागी भइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend