logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026
logo

शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दामा पाँच जनालाई तीन महिना कैद


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पाँच जनालाई तीन महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।



सजाय पाउनेमा बुढीगंगा नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन इन्जिनियर पारस खाती, जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र तत्कालीन सब–इन्जिनियर गणेशराज रेग्मी रहेका छन्।

यसै मुद्दामा अन्य नौ जना प्रतिवादीले भने सफाइ पाएका छन्। सफाइ पाउनेमा तत्कालीन अधिकृत छैटौँ नरेन्द्रनाथ, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, तत्कालीन लेखापाल नवराज जोशी, तत्कालीन खरिदार श्यामबहादुर खत्री र तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने रहेका छन्।

त्यस्तै, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, तत्कालीन प्रशासन सहायक बसन्तबहादुर थापा र जागृति–एमके–नेपाल जेभीका काठमाडौंस्थित आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहले पनि सफाइ पाएका छन्।

विशेष अदालतको फैसलासँगै प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँच जना दोषी ठहर भएका छन् भने नौ जनाले सफाइ पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend