logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026
logo

शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं ।  दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदेशका १० वटै जिल्लामा सुरक्षा व्यवस्था भरपर्दो र सुदृढ बनाउन चाडपर्व लक्षित सुरक्षा योजना, २०८३ लागू गर्ने भएको हो।



प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार उक्त सुरक्षा योजना असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। योजनाअन्तर्गत मोबाइल गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, द्रुत प्रतिकार्य टोली, चेकिङ तथा ट्राफिकसहितको संयुक्त चेकिङ सञ्चालन गरिनेछ। साथै, धार्मिक तथा पर्यटकीयस्थल, बैंक तथा वित्तीय संस्था, बजार र यात्रु सहायता कक्षमा समेत प्रहरी परिचालन गरिनेछ।

प्रहरीले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि, झैझगडा, हुलदङ्गा, कालोबजारी, ठगी तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य नियन्त्रण गर्ने जनाएको छ। त्यस्तै, सवारी दुर्घटना न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित र भयमुक्त वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाइने प्रहरी नायब महानिरीक्षक सापकोटाले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend