logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026
logo

शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अल्पसङ्ख्यक समुदायका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री बादी


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसङ्ख्यक समुदायका माग तथा मुद्दा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।



नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) को २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बादीले यस्तो बताएकी हुन्। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारलाई संविधानले सम्बोधन गरेको उल्लेख गर्दै सरकारले उनीहरूका हकहितका लागि योजनाबद्ध रूपमा काम अघि बढाएको बताइन्।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालले कानुनी रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ऐतिहासिक उपलब्धि हासिल गरेको बताए। उनले सर्वोच्च अदालतबाट भएका आदेश कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै समुदायको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था निर्माणका लागि व्यवस्थापिका र कार्यपालिकाको ध्यानाकर्षण गराए।

त्यस्तै, नेता गणेश साहले पहिलो संविधानसभामा आफूले यस समुदायका अधिकारका विषय संसद्मा उठाएको अनुभव सुनाउँदै समुदायका व्यक्तिहरू अधिकार प्राप्तिको यात्रामा अघि बढिरहेको बताए।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले संस्थाले २५ वर्षको यात्रामा भोगेका अनुभव सुनाउँदै आगामी २५ वर्षका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने बताइन्। उनले समुदायको अधिकारका लागि सर्वोच्च अदालतदेखि संसद्सम्म पुग्दा भोग्नुपरेका चुनौतीसमेत उल्लेख गरिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend