logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026
logo

शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । मलेसियाले श्रमिकको न्यूनतम मासिक तलब बढाएर २ हजार रिंगिट पुर्‍याउने घोषणा गरेको छ। सन् २०२७ जुनदेखि लागू हुने यो व्यवस्थाबाट नेपालीसहित ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ।



मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले सन् २०२७ को बजेट प्रस्तुत गर्दै तलब वृद्धिको घोषणा गरेका हुन्। हाल त्यहाँ श्रमिकको न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिट रहेको छ। नयाँ व्यवस्था लागू भएपछि मासिक तलबमा ३ सय रिंगिट वृद्धि हुनेछ।

यो व्यवस्था निजी क्षेत्रका विदेशी श्रमिकमा समेत लागू हुने जनाइएको छ। तर, घरेलु कामदारलगायत केही श्रमिक र वार्षिक आम्दानी ५ करोड रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमका हकमा छुटको व्यवस्था गरिएको छ।त्यस्तै, अर्धदक्ष श्रमिक तथा स्नातक तह उत्तीर्ण व्यक्तिका लागि सुरुआती न्यूनतम मासिक तलब २ हजार ५ सय रिंगिट निर्धारण गर्ने घोषणा गरिएको छ। सरकारले श्रमिकको आम्दानी बढाउने र जीवनयापन सहज बनाउने उद्देश्यले तलब वृद्धि गर्न लागेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend