logo आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026
logo

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बूढीगण्डकीमा लेदोसहित बाढी अहिलेसम्म १० जना सम्पर्कविहीन, ६ वटा पुल बगायो


  • जन आकाश
  • आइतबार, असोज २५ २०८३

काठमाडौं । चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।



बाढीले चुमनुब्री गाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति भएको छ। बेलाबेला बूढीगण्डकी थुनिने र ह्वात्तै लेदोसहित बाढी आउने गर्दा क्षति भएको स्थानीयहरूले बताएका छन्।

बूढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।

चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ। बाढीसम्बन्धी जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend