logo आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026
logo

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोरङमा तरकारी बोकेको गाडीबाट ५७० किलो गाँजा बरामद


  • जन आकाश
  • आइतबार, असोज २५ २०८३

विराटनगर । तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप गाडीबाट गाँजा बरामद भएको छ । शनिबार राति मोरङको जहदा हुँदै भारत जाँदै गरेको गाडीमा तरकारीभित्र लुकाएको अवस्थामा ५७० किलो गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।



सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ९बीओपी० नोचाबाट खटिएको टोलीले शनिबार राति ११ बजेतिर जहदा गाउँपालिका–४ स्थित रामचोकबाट गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार भारत तर्फ जान लागेको प्र १–०१–०० च ७४२२ नम्बरको भ्यानलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए । त्यसपछि खानतलासी गर्दा स्कुस र बन्दाकोपीको बीचमा लुकाएर राखिएको १९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

बरामद गरिएको गाँजा तौल गर्दा कुल ५७० किलो रहेको छ । बरामद गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend