logo आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026
logo

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘टिका जमरा’ बोलको दशैँ, तिहार गीत सार्वजनिक


  • जन आकाश
  • आइतबार, असोज २५ २०८३

काठमाडौं । दशैँको उल्लास, उमङ्ग र सांस्कृतिक परम्परालाई समेटेर तयार पारिएको ‘टिका जमरा’ बोलको दशैँ गीत सार्वजनिक भएको छ। गीत विष्णु थापा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



गीतमा विष्णु थापा, यमुना कार्की र अरुण लामाको स्वर रहेको छ भने शब्द तथा संगीत विष्णु थापाले तयार पारेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ बाबुल गिरीले गरेका छन्। गीतको भिडियोमा सरोज दाहाल, रबिना बस्ताकोटी, अभिषेक श्रेष्ठ र कविता राउतको अभिनय रहेको छ। भिडियोको निर्देशन खगेन्द्र तिमल्सिनाले गरेका हुन् भने कोरियोग्राफी साजन पराजुलीको रहेको छ।

त्यस्तै, भिडियोको छायांकन चक्रबहादुर बरालले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अनिल राणाले गरेका छन्। दशैँको मौलिक संस्कृति, टीका र जमराको महत्त्वलाई झल्काउने उद्देश्यसहित तयार पारिएको ‘टिका जमरा’ गीतले नेपाली दर्शक तथा श्रोतामाझ दशैँको खुसी र उमङ्ग थप्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend