जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
१५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि भण्डारीले आफूलाई साथ र समर्थन गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूले गरेको विश्वासलाई सधैँ कायम राख्ने प्रतिबद्धता जनाएका हुन्।
‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका छन्, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’
भण्डारीले आफ्नो निर्वाचनमा सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा समर्थकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै सामूहिक भावनाका साथ अघि बढ्ने बताएका छन्। उनी ३ हजार ७ सय ३५ मत प्राप्त गर्दै नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend