logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बिनोद, मोनिका र सरोजको ‘कुवाको पानी बाल्टिले तानी’ गीत चर्चामा


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । नेपाली लोकदोहोरी तथा लोकगीत क्षेत्रमा मौलिक सिर्जनामार्फत आफ्नो पहिचान बनाउँदै आएका गीतकार सरोज खड्का ‘निर्दोष’को शब्द रचनामा तयार भएको ‘कुवाको पानी बाल्टिले तानी’ बोलको गीत यतिबेला दर्शक तथा श्रोतामाझ चर्चामा रहेको छ।



नेपाल लोकस्टारका गायक बिनोद दनुवार र द भ्वाइस अफ नेपालमा सहभागी सिक्किमकी गायिका मोनिका राईको स्वर रहेको यस गीतमा गायक दनुवार स्वयंले लय तथा संगीत भरेका छन्। गीतको संगीत संयोजन सुशील भट्टराईले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन्। गीत अरुण उपत्यका रेकर्डिङ एन्ड प्रोडक्सन, अनामनगरमा तयार पारिएको हो।

गाउँघरको मौलिक परिवेश, ठेट नेपाली शब्द र ग्रामीण जनजीवनलाई समेटेर तयार पारिएको गीतमा माया–प्रेम, उकाली–ओराली, भञ्ज्याङ–चौतारी, घाँसदाउरा, गोठालो तथा मेलापातजस्ता नेपाली समाजका परिचित पक्षलाई प्रस्तुत गरिएको छ। गाउँले परिवेश र जनजीवनसँग नजिक रहेका शब्द तथा भावले गीतलाई श्रोतामाझ आकर्षक बनाएको अनुमान गर्न सकिन्छ।

मौलिक शब्द, लोकलय र प्रेमभावको संयोजन रहेको यस गीतले नेपाली लोकसंगीतको परम्परालाई समकालीन प्रस्तुतीकरणमार्फत दर्शक तथा श्रोतामाझ पुर्‍याउने प्रयास गरेको छ। गीतकार सरोज खड्का ‘निर्दोष’, गीतकार शेरु बराइली, निरज सुवेदी, रमेश विश्वकर्मा र सुब्बा विश्वकर्माको संयुक्त प्रायोजनमा तयार भएको उक्त गीत गायक बिनोद दनुवारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नेपाली मौलिकता र ग्रामीण जीवनशैलीलाई गीतमार्फत उजागर गर्ने प्रयास गरिएको ‘कुवाको पानी बाल्टिले तानी’ले लोकसंगीतप्रेमी श्रोतामाझ थप चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend