logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

तीन दिन देशभर कतै ठुलो वर्षाको सम्भावना छैन : मौसम विभाग


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । देशभर आगामी तीन दिन ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबारदेखि बुधबारसम्म हिमाली र पहाडी भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा हुने सम्भावना रहेको छ।



महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार देशका करिब १० प्रतिशत हिमाली तथा पहाडी भूभागमा मात्रै क्षणिक हल्का वर्षा हुन सक्छ। बाँकी भूभागमा वर्षाको सम्भावना नरहेको उनले बताए। तराईका जिल्लामा भने तीन दिनसम्म पानी पर्ने सम्भावना देखिएको छैन।

सोमबार राति देशभर वर्षाको सम्भावना नरहेको मौसमविद् ढकालले जानकारी दिएका छन्। उनका अनुसार मंगलबार र बुधबार पनि हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मात्रै हल्का वर्षा हुन सक्नेछ।

यसअघि बितेका २४ घण्टामा पनि देशभर खासै वर्षा भएको छैन। सिन्धुपाल्चोक, प्युठान, रोल्पा र आसपासका केही स्थानमा मध्यम वर्षा भएको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा छिटपुट हल्का वर्षा भएको महाशाखाले जनाएको छ। कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भए पनि तराईमा भने वर्षा रेकर्ड नभएको मौसमविद्ले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend