logo सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026
logo

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

कांग्रेसलाई एकताबद्ध र जनमुखी बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



१५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका हुन्। उनले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण पुँजीका रूपमा उल्लेख गर्दै सबैको सल्लाह र सुझावलाई आत्मसात् गरेर अघि बढ्ने बताएका छन्।

पौडेलले महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा व्याख्या गर्दै विगतका तिक्तता बिर्सेर पार्टीभित्र भावनात्मक एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो। पार्टीलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका, लोकतन्त्रको रक्षा र नागरिकका अपेक्षा पूरा गर्न केन्द्रित हुनुपर्ने उनले बताएका छन्।

कांग्रेसको ऐतिहासिक योगदानलाई सम्मान गर्दै बदलिँदो समयअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै पौडेलले सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। महाधिवेशन सफल बनाउन खटिने सबैप्रति आभार व्यक्त गर्दै उनले बलियो, जनमुखी र भरोसायोग्य कांग्रेस निर्माणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend