logo सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026
logo

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

सर्वसाधारणलाई बजेट बुझाउन अर्थ मन्त्रालयले ल्यायो ‘नागरिक बजेट’ पुस्तिका


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट सर्वसाधारण नागरिकले सहजै बुझ्न सक्ने गरी ‘नागरिक बजेट’ पुस्तिकामार्फत सार्वजनिक गरेको छ।



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटलाई सरल र संक्षिप्त रूपमा बुझाउन पुस्तिका तयार पारिएको मन्त्रालयले जनाएको छ। पुस्तिकामा बजेटका प्राथमिकता, करसम्बन्धी व्यवस्था, विकासका लक्ष्य र वित्तीय अनुशासनका विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ। पारदर्शिता, सुशासन र जवाफदेहिता कायम गर्दै उत्पादनशील तथा प्रविधिमैत्री अर्थतन्त्र निर्माण गर्ने लक्ष्य बजेटले लिएको उल्लेख छ।

नागरिक बजेटअनुसार कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, बजेटको स्रोत व्यवस्थापनका लागि राजस्वबाट १४ खर्ब ५ अर्ब ३२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ जुटाउने उल्लेख छ।

बजेट विनियोजन, राजस्व संकलन, अनुदान र ऋणको उपयोगसम्बन्धी विवरण नागरिकसम्म सहज र पारदर्शी रूपमा पुर्‍याउने उद्देश्यले पुस्तिका सार्वजनिक गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend