logo सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026
logo

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

बेलायतमा हास्यकलाकार शैलेन्द्र सिम्खडा दम्पती सम्मानित


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । बेलायतस्थित बकिङ्घम शायर नेपाली समाजले नेपाली चर्चित हास्यकलाकार शैलेन्द्र सिम्खडा र उनकी धर्मपत्नी सुधा सिम्खडालाई विशेष सम्मान गरेको छ।



बडादसैँ २०८३ को शुभकामना आदानप्रदान तथा भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित कार्यक्रममा सिम्खडा दम्पतीलाई सम्मान गरिएको समाजका संयोजक राजेश काफ्लेले जानकारी दिएका छन्।

नेपाली हास्यव्यङ्ग्य साहित्य र कलामा शैलेन्द्र सिम्खडाले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। कार्यक्रममा सिम्खडाले आफ्ना हास्यव्यङ्ग्य प्रस्तुति र ठट्यौलीमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा ब्लुमी गाइज ब्यान्डका सुजेश वैद्यलगायत कलाकारले पनि प्रस्तुति दिएका थिए। कार्यक्रमले बेलायतमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र आत्मीयता बढाउनुका साथै नेपाली कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend