logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बाढीको वारेमा गहन अध्ययन गरौ


  • जन आकाश
  • मंगलबार, असोज २७ २०८३

 



नेपालमा वषैपिछे आउने ठुला ठुला बढी पैरो जस्ता प्राकृतिक समस्याले बिकराल समस्या निम्त्याईहरेको छ । यस्ता समस्या बेला बेलामा आएपनि राज्यको तर्फवाट ठोस गहन अध्ययन हुन सकेको छैन । बढी आयो धन जनको क्षति भयो त्यसपछि क्षतिपुर्ति दिदै सरकारले वस्ने व्यवस्थापन गर्यो । त्यसपछि पीडितको उद्धार गरयो भनेर समाचार आउने वाहेक अन्य बाढीका कारणहरुको अध्ययन भएको पाईदैन । आउदा दिनमा यस्ता बाढी कति आउछन् । के कारणले अप्रत्यसित बाढी आयो प्राकृतिक मात्रै कारण होकी अन्य कारणहरु पनि छन् । यस्ता विषयमा गहन अध्ययन हुन सकेको छैन ।

झन झन ठूला ठुला बाढीहरु आउन थालेका छन् । भदौ १० गते भोटेकोसीमा बाढी आयो भने त्यसैगरी असोज २५ गते बुढी गण्डकीमा आएको लेदोसहितको बाढी आस्चार्यजनक छ । २०८१ सालमा रोशी खोलमा आएको बढी त्यस्तै अर्कोे लेदो सहितको बाढी सिन्धुल्चोकको मेलच्मीमा केही वर्ष अगाडी आएको थियो । त्यहा पनि धन जनको क्षति भएको थियो । त्यसको अलवा नेपालका कयौ ठाउँहरुमा पैरो गएर मानिसहरु पुरिएर मरेका घटना पनि धेरै छन् ।

यस्ता घटनाहरुवाट नेपालले पटक पटक दुखः पाईरहेको छ । नागरिकहरु अकालमा ज्यान गुमाउन बाध्यछन् । यस्ता बढीवाट क्षति कम गर्न बाढी आउने अग्रीम तयारी गर्न बाढीका कारणहरु पत्ता लगाउन छुट्टै खालको एउटा शक्तिशाली अध्ययन टोली बनाएर काम गर्नुपर्ने देखिन्छ ।

त्यस्तो काम यो भन्दा अगाडीमा समयमा सरकारहरुले केही अध्ययन गरेको भएपनि कार्यन्वयनमा प्रभावकारी भएको देखिदैन । त्यसकारण वर्तमान सरकारले नेपालको भौगोलिक अवस्था नेपालीको वसोवासको व्यवस्था आउदा दिनमा सुरक्षित बसोबासको लागि अपनाउनु पर्ने तरिकाहरु समयमा नै काम थालेर अउदा दिनमा यस्ता बाढीहरुवाट, पैरोहरुवाट कुनै पनि नागरिकहरु मर्न नपर्ने खालको योजना बनाउनुपर्ने देखिन्छ ।

घटनाहरु भएर पछुताउनु भन्दा अगाडी नै सचेत हुनु चै बुद्धिमानी हुन्छ भनेजस्तै नेपाल सरकारले बसोबास गर्न कुन ठाउँ उपयुक्त छ । त्यस्ता ठाउँहरुलाई व्यवस्थित बस्तीको रुपमा विकास गरेर मानिसहरुलाई नीतिगत रुपमा सुरक्षित स्थानमा स्थान्तरण गर्दै देशभरी राष्ट्रिय वस्ती स्थान्तरणको नीति अवलम्बन गर्न ढिलो गर्नुहुदैन । त्यसो गर्न सकिएन भने पुनः आउदो वर्षमा फेरी यस्तै समस्या नआउलान् भन्न सकिदैन ।

त्यसैले बाढी आउने क्षेत्रहरुमा अध्ययन थालीहालौ र वस्ती स्थान्तरणको काम गरिहाल्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend