logo मंगलबार, असोज २७ २०८३ | Tuesday 13th October 2026

गजल समीक्षा तेज प्रकाश बानियाको कलमबाट


  • जन आकाश
  • मंगलबार, असोज २७ २०८३

गजल भन्ने बित्तिकै आम पाठकको सोचाइमा एकापसमा माया प्रीति, हासो खुशी, मिलन बिछोड,, दुःखसुख आदिको भावना साङ्गीतीक रूपमा व्यक्त गर्ने माध्यम हो भन्ने धारणा स्वाट्ट दिगगमा आउने गर्दछ । आजकल त्यो सोच बदलिई सकेको छ । खुशीको कुरा त्यो खालको जमानाले कोल्टो फेरिसक्यो । जुनसुकै विधा अनुसार उपयुक्त शब्द छनौट गरी प्रयोग गर्ने कला भएका मानिसहरुले अरू जुन विषयमा पनि गजलको पारामा लेखपढ गर्न थालिसकेका छन् । गजल विधा मन पराउनेहरुले समसामयिक घटनालाई पनि गजलमा उतार्न थालेका छन् ।



समय परिवर्तनशील भएजस्तै यो संसार पनि परिवर्तनशील छ । यसमा सृष्टि भएका सम्पूर्ण वस्तुहरुलाई समयले आफ्नै गतिमा परिवर्तन गराउँछ । हरेक क्षेत्रमा खुलापन देखा परे जस्तै गजलको दुनियाँमा पनि खुलापन आइसकेको छ । गजलका विद्वान लेखकहरूले पनि यसमा “मौनम् स्वीकृति लक्षण” लाई आत्मसात् गरिसकेका छन्। । यसको मतलव सोच परिवर्तनको संकेत दिइ सकेका छन्। उदाहरणकोलागि लेखिकाले प्रस्तुत गरेका गजलहलहरू मध्यबाट प्रतिनिधि गजलको रूपम सामाजिक जीवनसँग सम्बन्धित गजल ६६ लाई यहाँ समावेश गरिएको छ ।
गजल ६६

शत्रु छ बाटो घेर्न ढुकेको
लाग्दछ उसमा मात चढेको

हरदिन मान्छे हाड रगट्छन्
तैपनि जीवन छैन उठेको

देश दुखेको तिक्त खबरले
मन छ असाध्यै भित्र जलेको

कृष्ण भजनमा मग्न छ मान्छे
शान्त छ बस्ती मख्ख परेको

हुन् मधुसूदन विश्व विजेता
भक्त हुँ उनको साथ रहेको

प्रतिस्पर्धाको जमाना भएकोले पठन संस्कृतिमा ह्रास आएपनि यहाँ स्तर भन्दा सङ्ख्याको महत्व र मतलव छ । अर्काले केही काम ग¥र्यो कि आफूले पनि केही काम किन नगर्ने ? भन्ने प्रबृत्ति हावी भएको छ । बिषय बस्तुको मूलभूत सिद्धान्त र आशय थाहा नभएपनि ठिकै छ बरू उसले गरेजस्तो काम चाहिँ गर्नु प¥यो । तर लेखन संस्कृति चाहिँ यहाँ दिन दुगुनाको हिसावले अगाडि बढेको छ । यसको मतलव देखासिकी र अर्काको प्रगति मन नपराउने स्वभाव भएर पनि हो । यस्तै, गजल लेखन पनि सजिलो काम ठानेर बुझी नबुझी लेख्नेहरू मध्य बुझेर वहरमा लेख्नेहरुमा प्रभा पोखरेल छन् । गजलका सिद्धान्त र अवयवका हिसाबले प्रभा पोखरेलका गजलहरु अब्बल छन् । पोटिला र चोटिला छन् । गजलका शेरहरूमा समेटिएका बिषय वस्तुहरू मार्मिक र व्यवहारिक छन् । यसमा मेरो बन्दूके दिमागले खोट लगाउने चोट समेत कतै देखेन । मलाई त यस पुस्तकमा समावेश गरिएका ८५ वटा गजलहरू सबै उत्कृष्ट लाग्छ मेरो यो दिमागले ठम्याउन सक्दैन ।

नेपाली साहित्यको सबैजसो विधाहरूमा कलम चलाउने प्रभाका कृतिहरूमा फुटकर कविता, गजल, मुक्तक आदि पत्र पत्रिकामा प्रकाशित भएको बाहेक पहिलो प्रकाशित पुस्तकको रूपमा यो “रहरका छाल” गजलहरूको संग्रह पाठकको हातमा आईसकेको छ । खुशीको कुरा के भने आफू अमेरिकामा रहेता पनि नेपाली भाषा र साहित्य प्रति उनलाई कतिसम्म मोहले तानेको रहेछ भन्ने कुरा यसबाट बुझिन्छ । यतिमात्र नभएर नेपाली साहित्यको श्री बृद्धिकालागि अमेरिकाको नर्थ क्यारोलिनामा रहदा पनि, नेपाली साहित्यसँग सम्बन्धित संस्थाहरू १, साहित्यिक चौतार िनेपाल अमेरिकाको सचिव, २, अनेसास नर्थ क्यारोलिना च्याप्टरको सचिव, ३, गैर आवासिय नेपाली संघ राष्टिय समन्वय परिषद नेपाली भाषा साहित्य समिति अमेरिकाको सदस्य र ४, नेपाली साहित्य संसार अमेरिकाको आजीवन सदस्य पदमा रही कार्य सम्हाल्दै आएकी छन् ।
अन्त्यमा गजल भत्रे विधा अरेवियन देशमा जन्मिएर फारस देशमा हुर्किएपछि विदेश भ्रमण गर्ने क्रममा पाकिस्थान, भारत भएर नेपाल आइपुगेर यहाँको नागरिकता लिई नेपाली भाषा र साहित्यमा आप्mनो स्थान सुरक्षित गरी सकेको छ । साहित्यकारहरुको मन जितिसकेको छ । गजलहरु प्रकाशन गर्नु भनेको पक्कै पनि शाहसीक र प्रशंसनीय कार्य हो । आज नेपाली साहित्यको गजल विधाले नयाँ पुस्तामा मीठो गला र सक्षम कलाकी धनी गायिका गजलकार प्रभा पोखरेललाई पाएको हुँदा यसको भविष्य र लेखिका प्रभा पोखरेलको साहित्यिक भविष्य उज्वल छ । आप्mनो गजल यात्राको आरम्भ मै वहरमा यति स्तरीय गजल संग्रह प्रकाशनमा ल्याउनु सक्नु भनेको गजल प्रेमी किशोरदेखि बृद्धसम्म र नाति देखि हजुर्वा सम्म सबैकालागि हर्षको कुरा पनि हो । इति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend