logo मंगलबार, असोज २७ २०८३ | Tuesday 13th October 2026

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, भ्वाइस र डाटा प्याकेजमा नयाँ सुविधा


  • जन आकाश
  • मंगलबार, असोज २७ २०८३

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई लक्षित गर्दै ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेज सञ्चालनमा ल्याएको छ। असोज २६ गतेदेखि लागू भएको अफरमा नयाँ सुविधा र परिमार्जित प्याकेज समावेश छन्।



टेलिकमका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५ रुपैयाँमा १०१ मिनेटदेखि २९९ रुपैयाँमा ६६६ मिनेटसम्मका प्याक उपलब्ध छन्। यी प्याकको समयावधि एक दिनदेखि ३० दिनसम्म रहेको छ।

त्यस्तै, ६९९ रुपैयाँको सजिलो अनलिमिटेड प्याकमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस उपलब्ध हुनेछन्। १ हजार ४९९ रुपैयाँको प्याकमा भने अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस सुविधा रहेको कम्पनीले जनाएको छ।

पोस्टपेड प्रयोगकर्ताले ३७३ रुपैयाँको मासिक रेन्टल चार्जमा विभिन्न भ्वाइस, डाटा तथा कम्बो प्याक प्रयोग गर्न सक्नेछन्। यसबाहेक बन्डल्ड, एड अन, सीयूजी, एसएमएस, एफटीटीएच तथा फरक क्षमता भएका व्यक्तिका लागि विशेष प्याकेजसमेत उपलब्ध छन्।

ग्राहकले *१४१५# डायल गरेर, नेपाल टेलिकम एप वा कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np मार्फत प्याकेजबारे जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend