जन आकाश
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन्। अभियानअन्तर्गत बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्।
म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यानमार्फत तीनै जना विजेताले दशैंको समयमा अप्रत्याशित उपहार जित्ने अवसर पाएका हुन्। क्यान खोल्दा नै आकर्षक पुरस्कार प्राप्त भएपछि उनीहरूको चाडपर्वको खुसी थपिएको कम्पनीले जनाएको छ।
पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले क्यान खोल्दा यति ठूलो सरप्राइज पाइएला भन्ने नसोचेको बताए। पुरस्कार जितेको थाहा पाउँदा केही समय विश्वासै नलागेको उल्लेख गर्दै उनले यसपालिको दशैं म्याक्स टाइगरले विशेष बनाइदिएको प्रतिक्रिया दिए।
म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो। अभियानअन्तर्गत १८ जना उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन्।
अभियानको सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह थप बढेको कम्पनीले जनाएको छ। दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीको भनाइ छ।
‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अझै जारी रहेकाले अन्य उपभोक्ताले पनि पुरस्कार जित्ने अवसर पाउनेछन्। म्याक्स टाइगरको प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा थप उत्सुकता जगाएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend