logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दसैँअवधिभर बीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा रोक


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाभर १० दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।



जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गर्दै असोज ३१ गतेदेखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न अनुरोध गरेको हो। जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिएका छन्।

दसैँका समयमा बीपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न र यात्रुवाहक सवारीसाधनको आवागमन सहज तथा सुरक्षित बनाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend