logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दसैँ नजिकिँदा पनि कलंकी खसीबजार सुनसान


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । दसैँ नजिकिँदै गर्दा काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा चहलपहल घटेको छ। दसैँका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन्।



कलंकी खसीबजारमा विगत ८–९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीका अनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन। खसीबोकाको आपूर्तिमा ठूलो समस्या नभए पनि गत वर्षको तुलनामा मूल्य बढेको उनले बताए।

उनका अनुसार कलंकी खसीबजारमा दाङ, सल्यान, सुर्खेत, कालीकोट, बैतडी, डोटीलगायतका जिल्लासँगै उदयपुरबाट समेत खसीबोका ल्याउने गरिन्छ। विभिन्न जिल्लाबाट खसीबोका भित्रिए पनि ग्राहकको उपस्थिति भने विगतका वर्षमा जस्तो नरहेको उनले बताए।

हाल कलंकी खसीबजारमा खसीको मूल्य प्रतिकिलो ७८० देखि ८६० रुपैयाँसम्म रहेको व्यापारीहरू बताउँछन्। गत वर्षको तुलनामा मूल्य बढ्दा उपभोक्तालाई दसैँका लागि खसी खरिद गर्न थप खर्च लाग्ने देखिएको छ।

दसैँमा मासुको खपत बढ्ने र खसीबजारमा ग्राहकको भीड लाग्ने अपेक्षा गरिए पनि यस वर्षको कारोबारले व्यापारीहरू निराश देखिएका छन्। यद्यपि, दसैँ नजिकिँदै जाँदा ग्राहकको चहलपहल बढ्ने र व्यापारमा सुधार आउने आशा व्यापारीहरूले गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend