जन आकाश
काठमाडौं । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ।
नेकपा एमालेनिकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार प्रत्येक आवासमा शौचालय, बिजुली र पानीलगायतका आधारभूत सुविधाको व्यवस्था गरिएको छ।
अस्थायी आवास निर्माण अभियानमा जिफन्टका विभिन्न स्वयंसेवक सहभागी भएका थिए। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको थियो।
बाढीबाट प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था गर्ने उद्देश्यले आवास निर्माण गरिएको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend