जन आकाश
काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब पावर बैंक साथमा लैजान नपाउने भएका छन्। नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै भारततर्फ र भारतबाट सञ्चालन हुने उडानमा पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको जनाएको हो।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को सर्कुलरअनुसार यस्तो व्यवस्था लागू गरिएको निगमले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानमा पावर बैंकलाई क्याबिन ह्यान्डब्याग, चेक-इन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
त्यसैले भारत यात्रा गर्ने यात्रुले उडानअघि सम्बन्धित वायुसेवा कम्पनीको सूचनाअनुसार आफ्नो सामान व्यवस्थापन गर्नुपर्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend