जन आकाश
काठमाडौं । लामो समयदेखि जग्गाको कानुनी स्वामित्वको प्रतीक्षामा रहेका धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मका यी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको लामो समयपछि लालपुर्जा पाएका हुन्। जग्गाको नापजाँच २०७२ सालमै सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण रोकिएको थियो।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि सम्बन्धित निकायले २३३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो। लालपुर्जा प्राप्तिसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ।
वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी अन्योलमा रहेका परिवारका लागि लालपुर्जा प्राप्ति महत्त्वपूर्ण उपलब्धि बनेको छ। यसले उनीहरूलाई आफ्नो जग्गाको कानुनी अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend