logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी पुनः चयन, सेयरधनीलाई ६ प्रतिशत लाभांश


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। सभाले बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ।



त्यसैगरी, सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन्। साधारण सभा सम्पन्न भएपछि बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि रोशन केसीलाई पुनः अध्यक्षमा चयन गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। पारित प्रस्तावअनुसार सेयरधनीले ३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन्। नगद लाभांशमा लाग्ने करसमेत समावेश गरी लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend