logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

परराष्ट्रमन्त्री खनाल र इन्डोनेसियाकी गैरआवासीय राजदूतबीच भेटवार्ता


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग र सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको हो।



परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले नेपालका लागि गैरआवासीय राजदूत नियुक्त हुनुभएकी लिस्टयोवतीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

भेटका क्रममा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, दुई देशबीच आपसी सहयोग अभिवृद्धि गर्दै सहकार्यका सम्भावित क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend