logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।



आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा उक्त प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको हो।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend