जन आकाश
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं नजिकिएसँगै आफ्नो गाउँघर फर्किनेको संख्या बढेको छ। पछिल्लो चार दिनमा मात्रै २ लाख ६२ हजारभन्दा बढी मानिसले काठमाडौं उपत्यका छाडेका छन्।
दशैं मनाउन परिवारसँग भेटघाट गर्न तथा परम्पराअनुसार चाडपर्व मनाउन यात्रुहरू आफ्नो गृहजिल्ला र गाउँ फर्किन थालेका हुन्। यससँगै काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ।
दशैंका बेला राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि बसोबास गर्दै आएका मानिसहरू आफ्नो जन्मथलो फर्किने गर्छन्। परिवार तथा आफन्तसँग भेटघाट गरी खुसी साटासाट गर्ने र परम्परागत रूपमा दशैं मनाउने उद्देश्यले उपत्यका छाड्नेको संख्या हरेक वर्ष बढ्ने गरेको छ। दशैं नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend