logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ


  • जन आकाश
  • शुक्रबार, असोज ३० २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी कर्मचारीलाई नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राख्दै जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।



७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिए ।

उनले प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहार निष्पक्ष, पारदर्शी र जवाफदेही हुनुपर्ने बताए । साथै, साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’ गृहमन्त्री गुरुङले भने ।

उनले सही कार्य गर्ने प्रहरी कर्मचारीलाई सरकारले सधैँ साथ दिने स्पष्ट पार्दै गलत कार्य गर्ने कसैलाई पनि संरक्षण नगरिने बताए । गृहमन्त्री गुरुङले प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न कार्यशैली र व्यवहारमा सुधार गर्दै जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend