जन आकाश
काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको अडिओ प्रकरणलाई सरकारले दबाउन नखोजेको स्पष्ट पारेका छन् ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले उक्त प्रकरणमा आवश्यक छानबिन गरी कानुनी प्रक्रियाअनुसार टुङ्गोमा पुर्याइने बताएका हुन् ।
उनले सरकारले कुनै पनि मुद्दा दबाउने नियत नराखेको उल्लेख गर्दै आवश्यक परे अनुसन्धान गरेर विधिसम्मत रूपमा अघि बढ्ने स्पष्ट पारे ।
‘सरकारले कुनै मुद्दा दबाउन खोजेको छैन। आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत् रूपमा टुङ्ग्याउँछ। सरकारले मुद्दालाई दबाउने कुनै नियत छैन। त्यस्तो हुनु हुँदैन,’ मन्त्री तिमल्सिनाले भने ।
उनले उक्त प्रकरणमा पनि स्थापित प्रक्रिया र कानुनी व्यवस्थाअनुसार नै अघि बढ्ने बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend