logo मंगलबार, कार्तिक ४ २०८३ | Tuesday 20th October 2026

एनटी फाईबर घरमै बसीबसी जडान गर्न सकिने


  • जन आकाश
  • मंगलबार, कार्तिक ४ २०८३

काठमाडौ । नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् ।



यसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्नका लागि १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र यसमा धेरै चाप परेका कारण हाल यसको क्षमता समेत वृद्धि गरिएको छ । ग्राहकले यो नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका लागि नयाँ लाइन जडान गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी अब अनलाइनमार्फत समेत एनटी फाइबर जडान गर्नका लागि आवश्यक विवरण उपलब्ध गराउन र अन्य गुनासो समेत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । https://complain.ntc.net.np/ लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिने व्यवस्था भएको टेलिकमले जानकारी दिएको छ।

नेपाल टेलिकमले हालै रू ४,९९९ मा ३० एमबीपीएस ९ःदउक० को प्याकेज उपलब्ध हुने व्यवस्था गरेको छ । त्यसैगरी अन्य विभिन्न प्याकेजहरु समेत उपलब्ध छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend